एजेन्सी । भारतमा एक व्यक्तिले चक्कु प्रहार गरेर आफ्नै गर्भवती छोरीको हत्या गरेका छन् । भारतको उत्तरप्रदेशकी एक गर्भवती छोरीलाई मुम्बईमा उनकै बुवाले हत्या गरेका हुन् । २० वर्षकी मीनाक्षी चौरसियाको उनकै बाबुले चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।
इलाहाबाद नजिकै बस्ने गरेकी मीनाक्षीले गाउँकै एक युवकसँग प्रेम विवाह गरेकी थिइन् । प्रेम विवाह गरेर उनी चार महिनाकी गर्भवती भएकी थिईन् । मीनाक्षीले २६ वर्षका बृजेश चौरसियासँग विवाह गरेकी थिइन् ।
आफ्नो गाउँमा गएर मीनाक्षी यो खबर सुनाउन चाहन्थिन् । तर उनका बुवाले इज्जतको नाममा छोरीको हत्या गरिदिएका हुन् । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले ५५ वर्षका बुवा राजकुमार चौरसियालाई पक्राउ गरेको छ ।
सडक किनारमा रहेको शव दोस्रो दिन बिहान प्रहरीले भेटेको थियो । मीनाक्षीले बुवाको सहमति बिना विवाह गरेकी थिईन् । त्यतिबेला देखि नै मीनाक्षीका बुवा चौरसिया क्रुद्ध बनेका थिए ।
शनिबार साँझ बुवाले मीनाक्षीलाई कपडाका लागि पैसा दिने भन्दै भेट्न बोलाए । र पैसा दिने क्रममा केही रकम भुईमा झारेर छोरीलाई समात्न पठाए । छोरी पैसा समात्न भुईमा झुकेका बेला चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।































प्रतिक्रिया