वासिङटन,
आप्रवासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रंगको आधारमा विभेद गरेको आरोप लागेको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी विभिन्न राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदलाई ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै उनीहरूलाई आफ्नो घर फर्किन सक्ने भनी आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्पको भनाइ अमेरिकी संसद् (कंग्रेस) मा प्रतिनिधित्व गर्ने सांसदहरू एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, राशिदा तलाइब र आयान्ना प्रेस्ले र इल्हान ओमरलाई संकेत गरी आएको सञ्चारमाध्यमहरूले लेखेका छन् । ट्विटमा ती सांसदको नाम भने उल्लेख गरिएको छैन । कोर्टेज, तलाइब, प्रेस्ले अमेरिकामै जन्मे हुर्केका हुन् भने सांसद ओमर भने बाल्यकालमा अमेरिका प्रवेश गरेकी थिइन् ।
राष्ट्रपति ट्रम्पले ती सांसदलाई सभामुख न्यान्सी पेलोसीले निःशुल्क रूपमा यात्राको अवसर जुटाइदिने भन्दै कटाक्ष गरेका थिए । प्रगतिशील धार (लिबरल डेमोक्रेट्स) का ती चार महिला सांसदसँग सभामुख पेलोसीको सीमासुरक्षा सम्बन्धी एउटा विधेयकबारे विवाद उत्पन्न भएको र यसलाई सञ्चारमाध्यममा व्यापकता पाएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका थिए ।
एजेन्सी































प्रतिक्रिया