भेनेजुयलाका राष्ट्रपतिपुत्र नेपालमा

भेनेजुयलाका राष्ट्रपतिपुत्र नेपालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् ।

नेकपाको युवा संघठनको निमन्त्रणामा नेपाल आएका उनले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । गुयराले आइतबार नेकपाका सचिवालय सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए ।

आइतबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनले नेकपाका नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए । सोमबार उनले नेकपाका सांसदहरु दिनानाथ शर्मा, नारदमुनी राना, रामवीर मानन्धर, राधा ज्ञवाली लगायतसँग पनि भेट गरेका छन् ।

गत माघमा भेनेजुयलामा राष्ट्रपति मडुरोकाविरुद्ध आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडोलाई अमेरिकाले समर्थन गरेपछि यो विषयले नेपालको राजनीतिलाई पनि तताएको थियो । भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको भन्दै सत्तारुढ नेकपाले त्यसको विरोध गरेको थियो । अध्यक्ष दाहालले विज्ञप्ति जारी गरी अमेरिकाको निर्णयको आलोचना गरेका थिए । परराष्ट्र मन्त्रालयले पनि दाहालकै विज्ञप्तिलाई बल पुग्ने गरी विज्ञप्ति जारी गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धमा चिसो देखिएको थियो ।

यति बेला मडुरोका छोरा नेकपाकै युवा संगठनको निमन्त्रणामा आएर नेकपा अध्यक्ष दाहाल, सचिवालय सदस्यहरु तथा सांसदसँग समेत भेटघाट गरेपछि त्यसले नेपाल र अमेरिकाबीचको सम्बन्धमा थप चिसोपन आउन सक्ने कतिपयको अनुमान छ । मडुरो गुयरासँगै भेनेजुयलाका संस्कृतिमन्त्री लगायतको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको नेकपाका सांसद बलराम बास्कोटाले जानकारी दिए ।
नागरिकबाट

Skip This
Skip This
Logo