खग्रास चन्द्र ग्रहण कुन राशीलाई कस्तो ? (भिडियो सहित)

खग्रास चन्द्र ग्रहण कुन राशीलाई कस्तो ? (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भोली खग्रास चन्द्र ग्रहण लाग्दैछ । कतिबेला लाग्छ ? ज्योतिषशास्त्र अनुसार यो ग्रहण कुन राशीका लागि राम्रो र कुन राशीको लागि नराम्रो भन्ने हामी सबैलाई खुल्दुली हुन सक्छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने छ ।

बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने छ । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने ज्योतिषशास्त्र जनाएकाे छ ।

कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । थप यसबारे खुल्दुली मेटाउँदै युवा ज्योतिष मनिष सापकोटाले केन्द्रविन्दु टेलिभिजनमा बताउनु भएको जानकारी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo