सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने बताएका छन् । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ । यसले मिडियामा असन्तुलन ल्याउँछ ।’
यस्तै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाए । उनले भने,’नेपाली सञ्चार माध्यममा विदेशी लगानी भित्र्याउन दिदैनौ।यसले हिंसा र आतंकवादी क्रियापलापलाइ प्रश्रय दिने सम्भावना धेरै हुन्छ।’
केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार आउन थालेको भन्दै उनले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए।
मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारवाही हुने पनि बताए ।































प्रतिक्रिया