भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

पाँच दिनदेखि भईरहेको भारी वर्षाको सम्भावना अझै कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकोले अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने भएको हो।

आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने जनाएको छ। बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा पुग्नेछ । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो । यसैगरी हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ। अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराई क्षेत्रमै रहेकाले मनसुनी गतिविधि मुलुकभर सक्रिय बनेको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा बहाव केही बढ्ने छ । त्यस्तै कैलाली, कञ्चनपुर डडेल्धुरा, डाटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलामा आकस्मिक बाढीका सम्भावना, रहेको र बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने जनाएको छ ।

Skip This
Skip This
Logo