कांग्रेसले बाढी प्रभावित क्षेत्रमा सरकारी कामको अनुगमन गर्ने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा सरकारी कामको अनुगमन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सरकारी कामको नेपाली कांग्रेसले अनुगमन गर्ने भएको छ । प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन प्रमुख प्रतिपक्षी दलका नाताले कांग्रेसले गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरेका छन् ।बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यहरुलाई निर्देशन दिएका छन् ।

पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । विज्ञप्तिमा लेखिएको छ, ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँं । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’

कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन गर्दै उजाउँदै विज्ञप्तीमा भनिएको छ, ‘म नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु । प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु ।,’

कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ ।

Skip This
Skip This
Logo