मार्खुमा पहिरो: आमाछोरी बेपत्ता, बुहारी घाइते

मार्खुमा पहिरो: आमाछोरी बेपत्ता, बुहारी घाइते

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मार्खुमा आइतबार राति पहिरोमा परेर २ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

ईन्द्रसरोबर गाउँपालिका वडा १ मार्खुका श्याम बलामीको घर पहिरोले पुरिंदा उनकी श्रीमती कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी बेपत्ता भएकी हुन् । बुहारी ३८ बर्षीया बेली बलामी घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

Skip This
Skip This
Logo