प्रतिनिधिसभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

प्रतिनिधिसभाको बैठक बस्दै, आज प्रधानमन्त्रीले संसदमा जवाफ दिने

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ।

त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन्।

सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका थिए। त्यहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन्।

Logo