गाईको सूपको तस्बिर फेसबुकमा सेयर गरेपछि…

गाईको सूपको तस्बिर फेसबुकमा सेयर गरेपछि…

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । गाईको सूपको तस्बिर फेसबुकमा सेयर गर्दा एक व्यक्तिमाथि निर्घात कुटपिट गरिएको छ । भारतको तमिलनाडुको नागापट्टिम जिल्लामा एक व्यक्तिमाथि गाईको सूपको तस्बिर फेसबुकमा सेयर गरेको भन्दै कुटपिट गरिएको हो ।

कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिनेश कुमार, अगथियन, गणेश कुमार तथा मोहन कुमार रहेको किल वेलूर पुलिस स्टेशनले जनाएको छ । कुटपिट गर्नेहरु हिन्दूबादी संगठनमा आबद्ध रहेको जनाईएको छ ।

नागापट्टिनम जिल्लाको कील वेलूर गाउँमा बस्ने २४ वर्षका मोहम्मद फैजानले आफ्नो फेसबुकमा एक पोष्ट सेयर गरेका थिए । जसमा उनले लेखेका थिए, ‘बीफ सूपको स्वाद लिईयो ।’ साथै उनले एक लाईनमा यो सूपको स्वादको प्रशंसा गरेका थिए ।

त्यसपछि उनी बस्ने क्षेत्रकै चार युवाले हमला गरेका हुन् । उनको शरिरभर गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । जिल्ला अस्पतालमा सम्पर्कमा आएका फैजानले भने जतिबेला मैले उक्त सूपको तस्बिर पोस्ट गरे ।

‘उनीहरुले नराम्रो कमेन्ट गर्न सुरु गरे । केही समयपछि मैले पुरै कमेन्ट डिलिट गरिदिए । त्यसको केही समयपछि म पोर्वाचेरी मरियम्मन मन्दिरको नजिकै बसेको थिए उनीहरु आएर कुटपिट गर्न थाले ।’ उनले भने ।

Skip This
Skip This
Logo