शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छः मन्त्री शर्मा

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छः मन्त्री शर्मा

केन्द्रबिन्दु
36
Shares

दाङ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् ।

माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले शान्ति प्रक्रियालाई जसरी पनि टुङ्गोमा पुर्‍याउने बताएकी हुन्।

अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको उनको भनाइ छ। अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउँदै उनले पार्टी पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट पारिन्।

पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उनले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताइन्।

Logo