कुवेत । महाबुल्लास्थित आप्रवासी कामदारको आवास गृहमा भएको आगलागीमा तीन जना नेपालीको मृत्यु भएको छ। शुक्रबार राती १० बजे आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर तीन जना नेपाली कामदारको मृत्यु भएको हो।
नेपाली दुतावासका अनुसार मृत्यु हुनेहरुमा सर्लाहीका २९ वर्षीय विजय बैंठा, नाम नखुलेकी अप्सरा कामी र गौरी दर्जी रहेकी छिन्। आगलागीमा परेका १२ जनाको उद्धार गरिएको छ।
आगलागी भएको स्थानमा धेरै सख्यामा नेपाली कामदार बस्दै आएका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको नेपाली दूतावासले जनाएको छ।





























प्रतिक्रिया