मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज भएको दोस्रो टी–२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । सुरुवाती अवस्थामा राम्रो प्रर्दशन गरेको मलेसिया बीचमा दवावमा आएको थियो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १–१ विकेट हात पारेका थिए । यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

टी–ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

Logo