प्रदेश नं. २ सरकारले बाढीले मृत्यु भएकाको परिवारलाई जनही ३ लाख दिने

प्रदेश नं. २ सरकारले बाढीले मृत्यु भएकाको परिवारलाई जनही ३ लाख दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रदेश २ सरकारले बाढी पहिरोमा परि मृत्यु भएकाको परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

विगत ४ दिनदेखि परेको अविरल वर्षाले सो प्रदेशका आठ वटै जिल्लाहरु प्रभावित बनेपछि आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले सो राहतको घोषणा गरेको हो । साथै राहत र उद्धारलाई निरन्तरता दिने र राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्काल १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश नं. २ ले जनाए अनुसार शनिबार सम्म २ जनाको मृत्यु र ४ जना बेपत्ता छन् भने सो प्रदेशका सबै जिल्ला डुबानमा परेका छन् । यसबाट अन्य भौतिक क्षति कति भयो अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

Skip This
Skip This
Logo