अविरल वर्षाका कारण हाल सम्म ३० जनाको मृत्यु, १३३ जनाको सकुशल उद्धार

अविरल वर्षाका कारण हाल सम्म ३० जनाको मृत्यु, १३३ जनाको सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । नेपाल प्रहरीले जनाए अनुसार पीडितहरुलाई स्थानिय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेतबाट उद्धार गरिएको हो । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

मृतकहरुको संख्या

बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो ।

घाईतेहरुको संख्या

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १,१ जना गरी १२ जना घाइते भएका हुन् ।

बेपत्ताहरुको संख्या

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

परिचालित प्रहरी संख्या

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाडौं उपत्यकामा ८ हजार ८५६ जना, प्रदेश नं १ मा ६ हजार ३०५ जना, प्रदेश नं २ मा ५ हजार ७०२ जना, प्रदेश नं ३ मा ३ हजार ४०५ जना , प्रदेश नं ६ मा ३ हजार ११२ जना गरि २७ हजार ३८० प्रहरी कर्मचारीहरु परिचालित रहेका छन् ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।

(मिति २०७६ /०३ / २८ गते दिउँसो २ बजे सम्मको अधावधिक तथ्यांक )

Skip This
Skip This
Logo