टी २० क्रिकेट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

टी २० क्रिकेट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
नेपालले पहिलो टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा आज मलेसियालाई ७ विकेटले पराजित गरेको छ।

आजको खेलमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले कुल ५० बल खेल्दै ८६ रन बनाउँदा ८ चौका र ५ छक्का प्रहार गरे ।

नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो । जुलाई २२ देखि सिङ्गापुरमा हुने टी २० विश्वकप एसिया छनौटको फाइनल प्रतियोगिताको अभ्यासका लागि नेपाल मलेसिया पुगेको हो ।

आजको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो।

Logo