काठमाडौंका मेयर बस्ने कार्यालय नै डुबानमा (भिडियो सहित)

काठमाडौंका मेयर बस्ने कार्यालय नै डुबानमा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विगत ४ दिनदेखि परेको पानीले देशभरिकै जनजीवन अस्तव्यस्त बनाएको छ । हाल सम्म २१ जनाको मृत्यु भइसकेको र दर्जन मानिसहरु बेपत्ता भइसकेका छन् । वर्षेनी यस्तो आपत बिपत दोहोरिने गरेपनि सरकारले यसको पूर्वतयारी गर्न सकेको छैन ।

राजधानीको सुन्धारामा अवस्थित चाइना टाउन हल, महानगरपालिका कार्यालय र आसपासका ठूला भवनहरुका ग्राउन्ड फ्लोरमा चार फिट सम्म पानी जमेको एकहप्ता भयो । महानगरपालिका कार्यालय समेत डुबानमा छ ।

अहिले सम्म अवस्था उस्तै छ । राजधानीवासीलाई स्मार्ट सिटीको सपना देखाउने मेयर विद्या सुन्दर शाक्यको कार्यलय समेत डुवानमा परेको एक हप्ता भइसक्यो । तैपनि समस्या समाधान हुन सकेको छैन । राजधानीको अवस्था त यस्तो छ भने देशका अन्य स्थानहरूमा डुबान हुनु अनौठो भयो र ? हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo