अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ)लाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारले शुक्रबार मध्यान्ह डिएफओ भक्तबहादुर लामालाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट घुस लिँदालिँदै लामालाई पक्राउ गरिएको पुष्टि गरे । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।































प्रतिक्रिया