खेलकुद क्षेत्रको विकास गर्न प्रतिबद्ध छुः मन्त्री श्रेष्ठ

खेलकुद क्षेत्रको विकास गर्न प्रतिबद्ध छुः मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री श्रेष्ठले बुधबार खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउन सक्दो प्रयास गर्ने बताएका हुन्।

उनले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिए।

Skip This
Skip This
Logo