काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछि उडान अवरुद्ध बनेको छ छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज धावनमार्गमा चिप्लिएको हो । विमानमा सवार सबै यात्रुलाई सकुशल उद्दार गरिएको विमानस्थलले जनाएको छ ।
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । बिहीबारदेखि जारी वर्षाका कारण अवरुद्ध विमानस्थल सञ्चालनमा ल्याउन समय लाग्ने प्रवक्ता तिवारीको भनाई छ ।































प्रतिक्रिया