देशभरका नदीहरुमा पानीको सतह बढ्यो, कुन नदीको अवस्था कस्तो ?

देशभरका नदीहरुमा पानीको सतह बढ्यो, कुन नदीको अवस्था कस्तो ?

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासँगै देशभरका नदी तथा खोलामा पानीको सतह बढेको छ ।

यो समाचार तयार पार्दासम्म देशका बिभिन्न १४ वटा स्थानमा बाढीको जोखिम बढेको छ।  बागमती, नारायणी कोशी, कमला, कन्काई लगायतका नदी आसपास सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

यस्तै बागमती नदीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध पनि गरेको छ ।

बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिने खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले बताएका छन् ।

केहि दिनदेखि देशभरी पानी परिरहेको छ । अझै दुई–तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक, दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको हो । मौसमविद्का अनुसार विशेषगरी आज र भोलि यो क्रम जारी रहनेछ ।

बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।

कुन नदीको ताजा अवस्था कस्तो ?

विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Skip This
Skip This
Logo