महानगरीय प्रहरी प्रभाग भैसेपाटीको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटेर फरार भएकाहरु मध्ये २ जना पक्राउ परेका छन् ।
रामेछाप नगरपालिका-५ बस्ने २५ वर्षीय रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझीलाई काठमाडौं बौद्ध जम्बुडाँडाबाट बुधबार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु ललितपुरको छम्पीस्थित केशब थापाको घर र लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिमा चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।





























प्रतिक्रिया