सरकारको प्रवक्तामाथि कांग्रेस प्रवक्ताको टिप्पणी- ‘फोटोकपी मन्त्री !’

सरकारको प्रवक्तामाथि कांग्रेस प्रवक्ताको टिप्पणी- ‘फोटोकपी मन्त्री !’

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटालाई ‘फोटोकपी मन्त्री’ को संज्ञा दिएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले काँग्रेसलाई ‘दिनभर बीपी र रात परेपछि विप्लव’ भन्दै व्यंग्य गरेका थिए।

प्रवक्ता बास्कोटाको भनाइलाई इंगित गर्दै कांग्रेस प्रवक्ता शर्माले ट्वीट गरेका छन्- ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ?’

अराजनीतिक बोलीको जवाफ दिंदै हिंड्नु उचित नहुने भन्दै उनले लेखेका छन्, ‘भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न ! `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

Skip This
Skip This
Logo