पूर्व कप्तान पारस खड्का भए टी–१० लिगमा अनुबन्ध

पूर्व कप्तान पारस खड्का भए टी–१० लिगमा अनुबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी–१० लिगमा पुनः अनुबन्ध भएका छन् ।

यूएईको आबुधाबीमा हुने इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई अनुबन्ध गरेको हो । उनले अघिल्लो वर्ष पनि टिम आबुधाबीबाट टी–१० लिग खेलेका थिए । उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो ।

यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्दै टिम अबुधाबीको कोचिङ टिममा रहने भएका छन् ।

Logo