पूर्वमन्त्री अग्नी सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

पूर्वमन्त्री अग्नी सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सर्वोच्च अदाललते सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बुधबार नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘आयोगमा उजुरी दिएको छ कि छैन, उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनु ।’ अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

लामाको १६ वैशाख ०६२ मा तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले ७ मंशिर २०६९ मा जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो । लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो ।

त्यसअघि १२ चैत २०७२ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।
राजधानीबाट

Skip This
Skip This
Logo