कांग्रेस पदाधिकारी बैठक जारी

कांग्रेस पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाउने छ। यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ ।

यसका साथै, उम्मेदवारी दिनुपर्ने अवस्थामा कसलाई उम्मेदवार बनाउनेबारे पनि छलफल भइरहेको नेताहरूले बताएका छन्।

Skip This
Skip This
Logo