उखु किसानको आन्दोलनमा पुगे उद्योग मन्त्री, कांग्रेस वरिष्ठ नेता पौडेलको पनि साथ

उखु किसानको आन्दोलनमा पुगे उद्योग मन्त्री, कांग्रेस वरिष्ठ नेता पौडेलको पनि साथ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०÷१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताए । उनले भने, ‘१०/१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामीलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताए । सरकारको ठूलो संयन्त्र हुँदा हुँदै पनि उद्योगीहरु भागेर हिंडेको बताउँदै वरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नु पर्ने बताए। सरकारले उखु किसानलाई बक्यौता रकम दिलाउन नसके नेपाली कांग्रेस पार्टी पनि उखु किसानको आन्दोलनमा समाहित हुने बताए।

उनले भने, ‘राज्यले यथाशक्य छिटो किसानको मागलाई पुरा गर्ने कुरामा ध्यान दिनुपर्यो । किसानका ३ वर्ष देखिको पैसा दिलाईदिनु पर्यो । त्यो नदिलाईदिने हो भने यो आन्दोलनमा हाम्रो पार्टी, हामी पनि उपस्थित हुन्छौँ । हाम्रो पार्टी किसानको पार्टी हो । हामी ऐक्यबद्धता जनाउन आएका हौँ । किसानले पैसा पाउनु पर्यो ।’

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

Skip This
Skip This
Logo