हिंसा बढेपछि हाइटीबाट फिर्ता भए कुटनीतिज्ञ

हिंसा बढेपछि हाइटीबाट फिर्ता भए कुटनीतिज्ञ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन्। सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्री समेत देशमा फर्कन सकेका छैनन्।

हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानविय संकट बढेको बीबीसीले जनाएको छ। हिंसाका कारण अहिलेसम्म हजारौंको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पछिल्लो समय विद्रोही समूहले प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नुपर्ने माग राख्दै आएका छन्। उक्त समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भू-भागमा कब्जा जमाएको दाबी गरेको छ।

पछिल्लो हिंसामा मृत्यु हुनेको संख्या एकिन नभए पनि अस्पतालहरुमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ। हाइटीबाट हिंसाका कारण ३ लाख ६२ हजार मानिसहरु विस्थापित भएका छन्।

हतियारधारी समूहले राजधानीका पसल र घरहरुमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपतकालीन अवस्था (संकटकाल) लागू गरिएको छ।

Skip This
Skip This
Logo