टौखेलमा ग्याँस लिक भएर आगलागी, एक जना घाइते

टौखेलमा ग्याँस लिक भएर आगलागी, एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका १० स्थित टौखेलमा आगलागी हुँदा एक जना घाइते भएका छन्।

नयाँ ग्यास जोड्ने क्रममा लिक भएर स्थानीय कल्पना गोपालीको घरमा आगलागी भएको हो । आगलागीमा परि उनका छोरा सामान्य घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचार भैरहेको शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिए । आगलागीबाट घरमा भएको अन्न र लत्ताकपडा जलेको गोपालीले जानकारी दिए ।

आगलागी शुरु हुनासाथ स्थानीयले थाहा पाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताए।  अहिले आगो निभाइसकिएको छ।

Logo