काभ्रेमा घट्दै कोरोना संक्रमित, आज ५ जना थपिए, २ निको भए

काभ्रेमा घट्दै कोरोना संक्रमित, आज ५ जना थपिए, २ निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज ५ जना संक्रमित थपिएका छन् । आज २ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १५६ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका १, मण्डनदेउपुरका १ र पनौतीका ३ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय ५६ पुगेको छ । निको हुनेको संख्या ३ हजार १५ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १०० जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ४१ पुरुष र १६ महिला गरी ५७ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १९८, भक्तपुरमा ९ र ललितपुरमा ६६ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९४ हजार २७१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ५९८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ७१३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १७ हजार ५९२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ जना पुगेको छ । आज ७८२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ । आज मात्र १६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २९ रहेको छ ।

आजको पिसिआर परीक्षण ५ हजार ७०६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ६१ हजार ४३० रहेको छ । आज ९ हजार ३१७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo