कांग्रेसमा गुटगत चहलपहल, शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त

कांग्रेसमा गुटगत चहलपहल, शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन् ।

यस क्रममा दुवै पक्षका नेताले शनिबार आफ्ना गुटसँग छलफल गरेका थिए । केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टीको प्रादेशिक संरचनादेखि भ्रातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएको हो ।

सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षीय पदाधिकारीसहित नेताको बैठक बसेको थियो । बैठकमा बोलाइए पनि नेता पौडेल उपस्थित भएनन् । पौडेललाई बैठकमा भएका छलफलबारे टेलिफोनबाट जानकारी गराइएको महामन्त्री पूर्णबहादुर खड्काले बताए । ‘उहाँ (पौडेल) राजधानीबाहिर हुनुहुन्थ्यो । चितवनबाट आउन ढिला हुन सक्ने जानकारी हामीलाई गराउनुभयो’, महामन्त्री खड्काले भने, ‘हामीले टेलिफोनमै उहाँलाई बूढानीलकण्ठ छलफलबारे जानकारी गरायौं।’

बैठकले नियमावली मस्यौदा समितिले आफ्नो मस्यौदा पेस गर्ने, त्यसपछि पार्टीका संरचना बनाउन आवश्यक निर्णय लिने, जागरण अभियानको पहिलो चरणको समीक्षा गर्ने, नेविसंघ लगायत भ्रातृ संस्थाबारे निर्णय गर्ने र समसामयिक राजनीतिमाथि छलफल गर्ने एजेन्डा देउवा पक्षधर नेताले तय गरेका छन् । यिनै एजेन्डा केन्द्रीय समिति बैठक बोलाउनुपूर्व तय गरिसकिएको थियो । बैठकमा देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री खड्का लगायत सहभागी थिए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo