काठमाडौं,
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लङ्घन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ । भद्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मुलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन (लेन) उल्लङ्घन गरेमा जरीवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।
सिंहदरबारको मुलढोकामै सवारी चालकको नाममा हुने कानून उल्लङ्घनलाई नियन्त्रण गर्न साँझ बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोेकेर खडा भएका प्रहरी देखिन्छन् ।
लेन क्रस गरे÷नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लङ्घन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्ने नेर पु¥याइ दिने गरेको देखिन्छ । सधैँजसो जाम हुने उक्त ठाँउमा पछिल्लो समय सार्वजनिक विदाको दिन बाहेक दैनिकरुपमा सडक लेन उल्लङ्घन गर्ने करीब १५० सवारी साधनका चालकलाई कारवाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कले पुष्टि गरेको छ ।
शुक्रबार उपत्यकामा सडक लेन उल्लङ्घन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारवाहीमा परेका हुन् । अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ । उक्त समयमा त्यहाँ छ/सात जनाको सङ्ख्यामा प्रहरी खट्ने गरेको पाइन्छ ।
सडक लेन उल्लङ्घन गर्ने सवारी साधनलाई ५०० जरिवाना गरिँदै आएको छ । सडक लेन उल्लङ्घन गर्नेमा मोटर साइकल चालकको सङ्ख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्याङ्कले देखाएको छ । प्रहरीको पछिल्लो सक्रियाताले कम्तिमा पनि मुलूकको प्रशासनिक प्रमुख केन्द्रकै ढोका अगाडि पृथ्वीनारायण शाहले औँला ठड्याएको सालिक र भद्रकाली क्षेत्रमा कानूनको परिपालनामा योगदान पुग्ने विश्वास गरिएको छ ।
रासस































प्रतिक्रिया