भोलि नेपाल बन्दको हल्ला गलतः विप्लव समूह

भोलि नेपाल बन्दको हल्ला गलतः विप्लव समूह

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि नेपाल बन्दको कुनै कार्यक्रम नरहेको प्रष्ट पारेको छ । असार २२ गते विप्लवको नेपाल बन्दको हल्ला चलेपछि बन्दको कुनै कार्यक्रम नरहेको प्रष्ट पारेको हो ।

नेकपाले नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विप्लव समूहले जनाएको छ ।

नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’

नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताए । उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।

विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न नेकपाले माग गरेको छ ।

Skip This
Skip This
Logo