कपिलवस्तुमा अपराध गर्दै आएका ‘मोस्ट वान्टेड’ खान काठमाडौंबाट पक्राउ

कपिलवस्तुमा अपराध गर्दै आएका ‘मोस्ट वान्टेड’ खान काठमाडौंबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिलवस्तुका नसिम खान पक्राउ परेका छन् । कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

खान कपिलवस्तुमा ऋङ्खलाबद्ध घटना घटाई भारतमा लुकीछिपी बस्दै आएका थिए। कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो।

सीआईबीले फरार अभियुक्त खोज्ने सिलसिलामा खानलाई राजधानीबाट पक्राउ गरेको सीआइबीका प्रमुख डीआइजी निरज शाहीले जानकारी दिए । खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएको प्रहरीको आरोप छ। उनले आठ जनाको हत्या गरेको प्रहरीको आरोप छ ।

खानमाथि प्रहरीमा ७ वटा कर्तव्यज्यान र एउटा डाँका मुद्धा दर्ता छ । पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ।

Skip This
Skip This
Logo