मजदुर आन्दोलनले जोगवनी नाकाबाट इन्धन ढुवानी ठप्प

मजदुर आन्दोलनले जोगवनी नाकाबाट इन्धन ढुवानी ठप्प

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो ।

छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवानी ठप्प पारेपछि शुक्रबार पेट्रोल र डिजेल बोकेका ट्यांकर नेपाल प्रवेश गर्न पाएनन् ।

भारतीय पक्षले दुःख दिने र ट्यांकर चालकमाथि अभद्र व्यवहार गर्ने क्रम बढेपछि ढुवानी रोक्नु पर्ने अवस्था आएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले जानकारी दिए । ‘मजदुरमाथिको गलत हर्कत र दुव्र्यवहार रोकिनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने ।

भारतीय भूमीबाट सहज रुपमा ट्यांकर ल्याउने वातावरण नबनेसम्म इन्धन लोड अनलोड नगर्ने आचार्यको भनाइ छ । भारतको मिरगञ्जदेखि जोगवनीसम्मको ४ किलोमिटर सडक भत्किएर दोहोरो सवारी साधन आवतजावतमा समस्या भएको छ ।

लोड भएर आएका सवारी साधनलाई नेपाल प्रवेश गर्नका लागि मात्रै जोगवनी नाका प्रयोग गर्न दिने नेपाल र भारतका अधिकारीबीच सहमति भएको थियो । खाली गाडीलाई भने भारत फर्काउन निर्माणाधिन आईसीपीको बाटो प्रयोग गर्ने र जोगवनीको प्रयोग गर्न नदिने सहमतिमा उल्लेख थियो।

तर, खाली ट्यांकर जोगवनी हुँदै भारततर्फ फर्काउँदै गर्दा असार १४ गते चारजना चालक जोगवनीमा पक्राउ परे । पक्राउ पर्नेमा को १ ख ३९२२ नम्बरको ट्यांकरका चालक मोहम्मद खुर्सीद, ना ४ ख ५६२ का महेश उराव, ना ४ ख ६१३२ का सञ्जय मण्डल र ना ७ ख ५८५४ नम्बरका चालक दुर्गा बास्तोला थिए । उनीहरुलाई दुई दिन हिरासतमा राखेर दुईदुई हजार जरिवाना तिरेपछि छोडिएको थियो ।

नेपाल आयल निगमले मजदुर आन्दोलनले भारतीय भूमीमा इन्धन लोड गरिएका एक सय १० वटा ट्यांकर रोकिएको बताएको छ । रोकिएका मध्ये ३८ ट्यांकरको भारतीय भन्सारले जाँचपास नै गरिसकेको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo