काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । घरमै सुतिरहेको बेला अचानक मुटुमा समस्या भएपछि उनलाई विहिबार राति नर्भिक हस्पिटल लगिएको थियो ।
अहिले उनको सिसियूमा उपचार भइरहेको छ । चिकित्सकले एन्जियोग्राम गर्ने तयारी गरेको उनका सहयोगीले जानकारी दिएका छन् । उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको महानगरपालिकाका १६ नं. वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।































प्रतिक्रिया