सुन तस्करी प्रकरणः प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

सुन तस्करी प्रकरणः प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

केन्द्रबिन्दु
9
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । उनले आजै साँझ ५ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले आजै प्रधानमन्त्रीलाई बुझाएका छन् । सो प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलगायतलाई कारबाहीको सिफारिस गरिएको छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

Skip This
Skip This
Logo