काठमाडौं,
नेपाल राष्ट्र बैंकले बैंकको संख्या घटाउन दिएको अनौपचारिक दबाबको नतिजा देखिन थालेको छ । बिहीबारसम्म आधा दर्जन भन्दा धेरै बैंकले आफूहरू मर्जरमा जान प्रतिवद्ध रहेको लिखित जानकारी केन्द्रीय बैंकलाई गराएपछि दबाबको नतिजा देखिन थालेको हो ।
राष्ट्र बैंकका गभर्नरले १५ दिनको समय दिएर मौद्रिक नीति आउनु अघि मर्जरमा जाने निश्चित गरेर केन्द्रीय बैंकलाई जानकारी गराउन निर्देशन दिएका थिए । सोही निर्देशन अनुरूप नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले केन्द्रीय बैंकलाई लिखित प्रतिवद्धता बुझाएका हुन् ।
बैंकहरूले मर्जरमा जाने प्रतिवद्धता लिखित रूपमा केन्द्रीय बैंकलाई दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । “बिहीबार ७ बैंकले लिखित प्रतिवद्धता बुझाएका छन्,” उनले भने, “अरु बैंकहरू पनि आउनका लागि अझै समय भएको हुनाले मर्जरका लागि यी मात्र इच्छुक भन्ने होइन ।” भोलिका दिनमा अन्य बैंकहरूले पनि प्रतिबद्धता जनाउने उनले बताए ।
कारोबारबाट































प्रतिक्रिया