काठमाडौं,
सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्ष अघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो ।
अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पुर्याइएको छ । यो दुई वर्ष अघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो ।
आयोजना बनाउने जिम्मा पाएको नेपाली सेनाले भारतीय कम्पनीले पहिले तयार गरेको डिपिआर स्वीकार गरेको छैन । भारतीय कम्पनीले डिपिआरको लागत ६१ करोड रुपैयाँ तोकेपछि सेनाले धेरै भएको भन्दै कोरियन कम्पनीलाई पुनः डिपिआर तयार पार्न लगाएको थियो । कोरियन कम्पनीले द्रुतमार्गको डिपिआर १० करोड रुपैयाँमा सेनालाई उपलब्ध गराएको हो ।
आयोजना प्रमुख तथा सेनाका महासेनानी शरदलाल श्रेष्ठले कोरियन कम्पनीले तयार गरेको डिपिआरमा फास्ट ट्र्याकको लागत एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख रुपैयाँ उल्लेख भएको जानकारी दिए । पुरानो डिपिआर सेनाले अस्वीकार गरेको र नयाँलाई सरकारले स्वीकृत नगर्दा दुई वर्षदेखि यो आयोजनाको काम राम्रोसँग हुन सकेको छैन । सरकारले २०७४ वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि सोही वर्षको साउन २७ गतेदेखि सेनाले काम सुरु गरेको हो ।
नागरिकबाट































प्रतिक्रिया