काठमाडौं,
दार्चुलाको दल्लेक प्रहरी चौकीले ३ किलो ८ सय ग्राम चरेससहित बुधबार राति २४ वर्षे युवकलाई पक्राउ गरेको छ । सुराकीका आधारमा प्रहरी निरीक्षक हिम्मत बहादुर बोहराको नेतृत्वमा खोज तलास गर्दा बुधबार राति ११ बजे नौगाड गाउँपालिका ६ बस्ने रमेश ठगुन्नालाई पक्राउ गरेको हो ।
पक्राउ परेका ठगुन्नालाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि ५ दिनको म्याद थपेर पुर्पक्षामा राखिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए । प्रहरीले ठगुन्नाले प्रयोग गरेको म १ प २४८४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
मोटर साइकल कसको हो ? चरेस कहाँबाट ल्याएर कहाँ लैजान लागिएको हो ? भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ । ‘थप अनुन्धान गर्न पाएको छैनौँ । चरेससहित मान्छे नै नियन्त्रणमा लिइएकाले चरेस कारोबारको जरासम्मै पुग्न सजिलो भएको छ,’ डिएसपी शाहीले भने ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया