महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

केन्द्रबिन्दु
30
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिँदै गृहमन्त्री लामिछानेले महरालाई पनि कारबाहीको दायरामा ल्याउन भनेका हुन् ।

बिहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । यसअघि महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

गत असोज १५ गते गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले साढे पाँच महिना लगाएर प्रतिवेदन बुझाएको थियो । आयोगले विद्युतीय चुरोट ९भेप० र ब्रेकप्याडमा राखी सुन तस्करी भएको मुद्दामा ३३ प्रतिवादीको पुनः बयान लिने, केन्द्रीय अनुसन्धान ब्युरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानका क्रममा थप १४ जनासँग सोधपुछ गरेको थियो ।

Skip This
Skip This
Logo