महिलाहरुलाई चलचित्र ‘अगस्त्य च्याप्टर १’ हेर्दा २५ प्रतिशत छुट

महिलाहरुलाई चलचित्र ‘अगस्त्य च्याप्टर १’ हेर्दा २५ प्रतिशत छुट

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ।

दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौँ उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको यो चलचित्र शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको हाे। 

चलचित्रले पहिलो सातामा बक्स अफिसमा उत्साहजनक व्यापार गरेकाे थियो भने दोस्रो सातामा औसत व्यापार गरेको निर्माण पक्ष जनाएकाे छ।

त्यस्तै, समाजमा महिलाहरूले खेल्ने महत्त्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै यो महिलाहरूको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको छ। चैत ५ गते सोमबार सम्पूर्ण महिलाहरूले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको सङ्गीत छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

Skip This
Skip This
Logo