माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

केन्द्रबिन्दु
72
Shares

काठमाडौं। माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि परिरहेकाे प्रहरिले महरालाई लुम्बिनीबाट नियन्त्रणमा लिएको हो।

उनलाई काठमाडौं ल्याउन लागिएको बुझिएको छ। सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन्।

Skip This
Skip This
Logo