गोली चलाएर साढे ४ लाख लुटियो

गोली चलाएर साढे ४ लाख लुटियो

केन्द्रबिन्दु
0
Shares

भैरहवा,

रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलाएर साढे ४ लाख रुपैयाँ लुटिएको छ । गैडहवा गाउँपालिका ४ की रेशम कुमारी मल्लले कृषि विकास बैंकको लुम्बिनी शाखाबाट रकम निकालेर अटो रिक्सामा जादै गर्दा ४ लाख ६३ हजार रुपैयाँ लुटिएको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

मोटरसाइकलमा आएका अपरिचित दुई जना व्यक्तिले अटोरिक्साको टायरमा गोली हानेर रकम मल्लको साथमा रहेको रकम लुटेको बताए । उनका अनुसार गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन । उनीहरु फरार भएकाले खोजीकार्य सुरु भएको छ ।

लुटिएको रकम मध्ये गैडहवा गाउँपालिकाको पोखरी सरसफाई कार्यक्रमको २ लाख ४१ हजार रुपैयाँ र २ लाख २२ हजार रुपैयाँ आफ्नै रहेको मल्लले प्रहरीलाई बताएका छन् । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले पनि गोली चलेको पुष्टि गरे । उनका अनुसार घटनामास्थलमा गोलीको एउटा खोका भेटिएको छ ।

उनले गाउँपालिका ४ मा उपभोक्ता समिती मार्फत पोखरी सरसफाईको कार्यक्रम सम्पन्न भए बापत भुक्तानीका लागि दिइएको चेक रकम बैंकबाट सटही गरेर फर्किने क्रममा लुटिएको जानकारी दिए । घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo