काठमाडौं । किष्ट कलेजले प्लस टु कलेजको भिडबाट माथि उठेर गौरव गर्न लायक परिचय बनाइसकेको छ । काठमाडौंको कमलपोखरीमा अवस्थित किष्ट कलेज टप कलेजहरुको सूचीमा निकै माथि आफ्नो नाम लेखाउन सफल भएको छ ।
आजभन्दा २४ वर्षअघि स्थापना भएको किष्ट कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापनमा अध्ययन गर्न पाइन्छ भने स्नातक तहमा धेरै विषय समावेश छन् । जसमा बिबिए, बिआइएम, बिबिएस र बिएस्सीमा माइक्रोबायोलोजी कोर्स राखिएको छ । त्यस्तै बिआईटीको अध्ययन पनि हुँदै आएको छ ।
आधुनिक भौतिक सामाग्रीले सुसजित यस कलेजमा पुस्तकालय, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, महिला तथा पुरुष होस्टल, क्यान्टिन, यातायात लगायतका विविध सुविधाहरु रहेका छन् । आकर्षक खेल मैदान विद्यार्थीलाई लोभ्याउने अर्को विशेषता हो ।
प्रस्तुत छ, किष्ट कलेजबारे तयार पारिएको भिडियो रिपोर्ट































प्रतिक्रिया