पारस खड्का ह्वाइट हाउस कलेजको ब्राण्ड एम्बास्डर

पारस खड्का ह्वाइट हाउस कलेजको ब्राण्ड एम्बास्डर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका ब्राण्ड एम्बेस्डर हुन् । पारस त्यही कलेजका विद्यार्थी पनि हुन् ।

केही समय अगाडि कमलादीमा भएको एक विशेष समारोहमा कप्तान खड्कालाई कलेजले आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियो । खड्का ३ वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका हुन् । खड्कासँग गरिएको सम्झौता पत्रमा कलेजका अध्यक्ष युवराज शर्मा र खड्काले हस्ताक्षर गरेका थिए ।

ब्राण्ड एम्बेस्डर खड्काले कलेजको प्रचार प्रसार तथा प्रबद्र्धनात्मक कार्य गर्दै आएका छन् । भक्तपुरको दुवाकोटमा बन्न लागेको क्रिकेट एकेडेमी पनि खड्काकै नेतृत्वमा बनाइने कलेजले जनाएको छ । कलेजले खड्काको इएमबिए शिक्षामा छात्रबृतिको व्यवस्थासमेत गरेको छ ।

Skip This
Skip This
Logo