एनएसजेएफ पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीले जितेकी छिन् ।
एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो ।
उनले समग्रमा ३२.९२ प्रतिशत मत ल्याउन सफल भइन् भने सबैभन्दा थोरै मत क्रिकेटर सन्दीप लामिछानेले ल्याएका छन्। लामिछानेले जम्मा ८.४१ प्रतिशत मत प्राप्त गरेका हुन् । शारीरिक सुगठनका महेश्वर मर्हजनले १५ प्रतिशत मत प्राप्त गर्दा ब्याडमिन्टनका प्रिन्स दाहालले १३.५४५ प्रतिशत प्राप्त गरे । फुटबलकी सावित्राले २९.५३५ प्रतिशत भोट हात पारिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई अवार्डसहित पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिएको छ ।































प्रतिक्रिया