काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन् । ३८ औ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गरे ।
उनले ३६ बर्षको छोटो उमेरमानै आकस्मिक निधनले हुँदा परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भए पनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे । उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पुर्ण जीवनको अनुभव लिएको बताए ।
कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासँग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताए ।
उनले श्रीमान प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गरिन् । कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।





























प्रतिक्रिया