समता अस्पतालका सञ्चालक सञ्जेल पत्नीविरुद्ध कर्तव्य ज्यानमुद्दा

समता अस्पतालका सञ्चालक सञ्जेल पत्नीविरुद्ध कर्तव्य ज्यानमुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बौद्धस्थित समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनामाथि प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ । असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमै आत्महत्या गरेकी थिईन् । उक्त घटनाबारे अनुसन्धान गर्न प्रहरीले कलासहित तीनलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरले सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो।

सुरुमा केही अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान थालिएको थियो। तर, कर्तव्य ज्यान नै आकर्षित देखिएपछि सोहीबमोजिम नै मुद्दा अघि बढाइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

तामाङलाई आत्महत्या गर्न दुरुत्साहन गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको बोगटीको भनाई छ । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यानमुद्दा चल्ने र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।

अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथमा सुसाइड नोट भेटिएको थियो। जसमा कलासहित ति दुई कर्मचारीको नाम उल्लेख थियो। सो कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ।

उक्त प्रकरणमा अझै अनुसन्धान गर्न दुई साता समय लाग्ने प्रहरीले जनाएको छ। शव पोस्टमार्टम रिपोर्टले भने आत्महत्या गरेको देखिएको छ।

Skip This
Skip This
Logo