एजेन्सी । भारतको उत्तर प्रदेशको रामकोलाकी भाजपाको महिला मोर्चाकी एक नेतृ सुनीता सिंह गौडले मुस्लिम महिलामाथि सामूहिक बलात्कारको आह्वान गरेकी छन् । मुस्लिम समुदायका पुरुषहरुबाट हिन्दु महिला दिनप्र्रतिदिन बलात्कृति भईरहेको भन्दै त्यसको बदला लिन यस्तो आह्वान गरेकी हुन् । उक्त आह्वानपछि पार्टीले मुसलमान विरोधी फेसबुक पोस्ट गरेको भन्दै पदबाट हटाएको छ ।
केही दिन पहिले उनले फेसबुकमा हिन्दू पुरुषहरुलाई मुसलमानका घरमा पसेर त्यहाँ रहेका महिलालाई बलात्कार गर्न आह्वान गरेकी हुन् । गौडले फेसबुकमा लेखेकी थिईन्, ‘अब एउटै उपाय बाँकी रहेको छ । १० हिन्दू भाई एकसाथ मिलेर तिनका बहिनी र तिनका आमालाई खुल्ला सकडमा बलात्कार गरुन् । त्यसपछि तिनलाई घाइते बनाएर बीच बजारको खम्बामा टाङ्ग दिउन् । ढुङ्गाको बदला ढुङ्गाले दिनुपर्छ ।’
गौडको पोस्ट हाल फेसबुकबाट हटाइएको छ । तर पोस्टको स्क्रिनसट भने समाजिक सञ्जालमा भाइरल बनेको छ । भाजपा महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष विजया राहत्करले गौडको पोस्टबारे प्रतिक्रिया दिँदै ‘घृणित टिप्पणी’ भएको बताएकी छन् । यस्तो प्रकारको ‘घृणित टिप्पणी’ सह्य नहुने र गौरलाई निष्कासित गरेको बताईन् ।































प्रतिक्रिया